बढुवाका लागि पढ्न भन्दै दुई हजार सरकारी हाकिम बिदामा
काठमाडौं, पुस ७
अहिले करिब दुई हजारभन्दा बढी सरकारी कार्यालयका प्रमुखहरू बिदामा बसेमा छन् ।
बढुवाको लागि हुने परीक्षाको तयारी गर्न र अधिकृतस्तरका मात्रै करिब दुई हजार कर्मचारी विदामा बसेका छन्।
बिदा नलिएका कर्मचारी समेत कार्यालयमा हाजिर मात्रै गरेर र्फकने गरेका छन् । लोकसेवा आयोगले अहिले विभिन्न सेवा समूहको सहसचिव पदको परीक्षा लिँदै छन्।
गत मंसिरदेखि सुरु भएको परीक्षा सहभागी हुन जिल्लादेखि केन्द्रसम्म कार्यरत उपसचिव र अधिकृतस्तरका करिब दुई हजार निजामती कर्मचारी परीक्षाको तयारीमा छन् ।
उनीहरु बिदा वस्न थालेपछि मन्त्रालय, विभाग तथा विभिन्न निकायको कामकाज प्रभावित हुन थालेको छ।
कर्मचारीहरु बिदामा बसेपछि सेवाग्राही मर्कामा परेका छन्। आजको नयाँ पत्रिका दैनकमा सामाचार छ ।
प्रकाशित मिति: ७ पुस २०७३, बिहिबार