लोकमानबारे आज छलफल हुँदै



काठमाडौं, पुस ७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारबिहीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको सो पदका लागि योग्यता नपुगेको भनी आरोपित विषयमा आज (बिहीबार) सर्वोच्च अदालतमा बहस हुने भएको छ।

अधिकारबिहीन प्रमुख आयुक्तको योग्यता नपुगेको भनि दायर भएको रिट निवेदन खारेज भए तापनि त्यसलाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसको पेसी आज बिहीबारलाई तोकिएको छ।

सर्वोच्च अदालतले यो बिषयलाई दुवै पक्षका कानुन व्यवसायीले हटाउन नपाउने गरि आदेश जारी गरिसकेको छ ।

नेपाल बार एसोसिएसनले भने आज बिहीबार बार डे परेकाले मुद्दा हटाउन चाहेका कानुन व्यवसायीले निवेदन दिएमा सो निवेदनबमोजिम गर्न अनुरोध गर्दै सर्वोच्च अदालतलाई पत्र पठाएको छ । आजको नेपाल सामाचारपत्र दैनिकमा सामाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News