नेपालको आन्तरिक मामिलामा राजदूतहरु सक्रिय


 


काठमाडौं, पुस ७
सरकारले काठमाडौंस्थित राष्ट्रसंघीय आवासीय प्रतिनिधिको संयोजनमा नेपालको आन्तरिक राजनीतिक मामिलाबारे यहाँस्थित विदेशी राजदूतले नियमित छलफल र टिप्पणी गर्ने तथा धारणा बनाउने जस्ता गतिविधि जारी राखेकोमा राष्ट्रसंघीय प्रतिनिधिलाई सचेत गराएको छ।

सरकारले आन्तरिक राजनीतिक परिस्थितिबारे कुटनीतिक समुदायले गरेको हालैको एक बैठकबारे राष्ट्रसंघीय प्रतिनिधिसँग अनौपचारिक ढंगले जानकारी मागेको हो।

परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले हालै राष्ट्रसंघीय आवासीय प्रतिनिधिसँग कुटनीतिक समुदायको उक्त बैठकबारे सोधपुछ गरिएको थियो।

गत डिसेम्बर ८ मा राष्ट्रसंघीय आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्डले नेपाल स्थित अमेरिका, बेलायत युरोपेली युनियन, चीन, जापान, डेनर्माक र जर्मनीसहतिका मुलुकका राजदूत तथा कुटनीतिक प्रतिनिधिसहितको बैठक डाकेको थियो।

कुटनीतिक समुदायको बैठकमा सरकारले दर्ता गराएको संविधान संशोधन विधयेकसँगै स्थानीय चुनावको विषयमा छलफल गरिएको थियो।
नेपालको नितान्त आन्तरिक मामिलामा काठमाडौंस्थित कुटनीतिक समुदायले पटकपटक

छलफल गर्नु तथा त्यसबारे टिप्पणु गर्नु गैरकुटनीतिक रहेको सरकारी अधिकारीहरुको भनाई छ। आजको अन्नपुर्ण दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: ७ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्