आमाले पनि दोस्रो बिहे र बाबुले पनि दोस्रो विहे गरेपछि छोराछोरीको बिचल्ली


 


काठमाडौं, पुस ७
बाआमाले नै दोस्रो बिहेगरेपछि गोरखा डाँडेगाउँकी पुतली चेपाङको बिचल्ली भएको छ ।

पुतलीकी आमा अर्कैसँग हिँडेको केही समयपछि बुबा एकबहादुरले पनि कान्छीआमा ल्याएर हिँडेपछि पुतलीसँगै उनका दाइदिदीको बिचल्ली भएको हो । पुतलीलाई अहिले हजुरआमा धनमाया चेपाङले पालिरहेकी छन् ।

‘बिहान खोलेफाँडो पकाउँछु । साँझमा उसिनेको पिँडालु खान्छौं’ धनमायाले भनिन्, ‘बाआमाले नै छाडेपछि नातिनातिनीको बिजोग भएको छ ।’
पुतलीका दुवै दाइहरु भारतको हिमाञ्चलमा छन् भन्ने खबर आएको धनमायाले वताइन् ।

बाआमाको गैरजिम्मेवारीका कारण किताब कापि बोकेर विद्यालय जानु पर्ने उमेरमा अहिले पुतली हजुरआमासँग वनमासा घारीमा बाख्रा चराउँन जान्छिन् । ‘स्कुल जान मान्दिन, भर्ना पनि गरेको छैन ।’ धनमायाले भनिन्, ‘म जहाँ गयो त्यहीं जान्छे । राति पनि सँगै सुत्छौं ।’
आजको अन्नपुर्ण पोष्ट दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: ७ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्