बन्द गराउन हिँडेका पक्राउ



काठमाडौं, पुस ७
बाटो बन्द गराउन हिँडेका ११ जना काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका छन् । गाडी चल्न नदिने खोज्ने ११ जनालाई पक्रेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
अहिले काठमाडौं उपत्यकामा गाडीको आवतजावत सामान्य छ । बिहीबार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले पेट्रोलियममा भएको मुल्य बृद्धिको विरोधमा काठमाडौं उपत्यका बन्दको आह्वान गरेको हो ।

तर अहिले गाडीको आवागन सामान्य भएकाले ढुक्क भएर गाडी चलाउन र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । बिहानैदेखि काठमाडौंका मुख्य सडकसहित चोक चोकमा प्रहरी खटिएका छन् । बन्दका कारण धेरै नीजि विद्यालय भने बिदा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News