व्यवस्थापिका संसद्को बैठक पुनः स्थगित


 


काठमाडौं, पुस ७

व्यवस्थापिका संसद्को बैठक पुनः स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख ओनसरी घर्तीले सूचना टाँस गरेर स्थगित गरेकी हुन् ।

संविधान संशोधन प्रस्ताव सदनमा दर्ता भएपछि लगातार अबरुद्ध हुँदै आएको बैठक यही पुस १० गते आइतबार १ बजे बस्ने गरी स्थगित गरिएको हो ।

राजनीतिक सहमतिका लागि भन्दै बैठक स्थगित हुँदै जाँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथिको महाअभियोगको प्रस्ताव, स्थानीय निकायको निर्वाचनसम्बन्धी विधेयक तथा संविधान संशोधनसम्बन्धी विधेयकसमेत अगाडि बढ्न सकेको छैन ।

 

प्रकाशित मिति: ७ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्