सरकारद्धारा ४ जना सचिवको सरुवा


 


काठमाडौं, पुस ७

सरकारले आज बिभिन्न मन्त्रालयका ४ सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सञ्चारका सचिव दिनेशकुमार थपलियालाई प्रधानमन्त्री कार्यालयमा ल्याएर प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरुङलाई सञ्चार मन्त्रालयमा पठाएको छ ।

यस्तै भूमि सुधारका मोहन सापकोटालाई सहकारी तथा गरिवी निवारण मन्त्रालय र मध्य पश्चिमका क्षेत्रीय प्रशासक कृष्णप्रसाद देवाकोटालाई भूमिसुधार मन्त्रालयमा सरुवा गरेको छ ।

यस्तै आजको बैठकमा राजनीतिक गतिरोधको अन्त्य गर्ने विषयमा पनि छलफल हुनुका साथै पूर्व राजा ज्ञानेन्द्रले निकालेको वक्तव्यका बारेमा छलफल भएको थियो ।

बैठकमा अहिले संविधान संशोधन, संघीयता र संविधान कार्यान्वयन प्रक्रिया नै रोकिएकोमा मन्त्रीहरुले गम्भीर चासो व्यक्त गर्नुका साथै यही समयमा पूर्व राजा ज्ञानेन्द्रले पनि वक्तव्य निकाल्नु अर्थपूर्ण भएको टिप्पणी गरेका थिए । बैठकमा सबै समस्याको समाधानको लागि सबै दलहरु मिलेर जानु पर्नेबारेमा समेत कुरा उठेको जनाईएको छ ।

प्रकाशित मिति: ७ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्