लाेकमानलार्इ अदालतमै कालाे माेसाे सहित अाक्रमण


 


काठमाडाैं, पुस ७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै आक्रमण भएको छ । आफूलाई माओवादी कार्यकर्ता बताउने एक समूहले कार्कीलाई कालोमोसो दलेको हो ।

आफूविरुद्ध परेको योग्यता सम्बन्धी मुद्दाको पेशीका लागि कार्की बिहीबार सर्वोच्च अदालत पुगेका थिए । तर, कालो ज्याकेट र निलो जिन्स पाइन्ट लगाएका व्यक्तिले कालोमोसो दलेको आफ्नो हातले लोकमानको अनुहारमा प्रहार गरे ।

कार्कीको अनुहारमा कालो दाग स्पष्ट देखिन्थ्यो । त्यसको केही समयपछि कार्की अनुहार धोएर बाहिरिएका थिए ।

कडा सुरक्षा निगरानी हुने अदालतभित्रै कार्कीलाई आक्रमण गरेका व्यक्तिले ‘नेकपा माओवादी जिन्दावाद’को नारा लगाएका थिए । ति व्यक्तिलाई सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिएका छन् ।

प्रकाशित मिति: ७ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्