काे हुन् लाेकमानलार्इ कालाेमाेसाे दल्ने व्यक्ति ?



काठमाडाैं, पुस ७

निलम्बित अख्तियार प्रमुख लोकमानसि‌हं कार्कीलाई सर्वोच्च परिसरमै बिहीबार कालोमोसो दल्ने दुई व्यक्ति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)का कार्यकर्ता रहेको खुल्न आएको छ। कार्कीलाई कालोमोसो दल्ने प्रकाश शाही र चन्द्रबहादुर बुढा दुवै नेकपा माओवादीको भातृस‌ंगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन्।

माओवादी पार्टीको विद्यार्थी संगठनका कार्यकर्ता शाही र बुढाले कालोमोसो दलेका हुन् । दाङ स्थायी घर भएका प्रकाश शाही अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन्।

उनी दाङमा छँदा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष पनि रहेका थिए। लोकमानलाई मोसो दल्ने अर्का व्यक्ति चन्द्रबहादुर बुढा रुकुमका हुन्। उनी पनि अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन् र उनी सिटिइभिटीमा अध्ययन गरेको उनको फेसबुकबाट खुल्न आएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News