किन गर्याे टेलिकमको रणनीतिक साझेदार सम्झौता ?


 


काठमाडौँ, पुस ७

नेपाल टेलिकमले गुणस्तरीय सेवा प्रदान गर्नका लागि रणनीतिक साझेदार परामर्शदातासँग सम्झौता गरेको छ ।

टेलिकममा रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयनलगायत आवश्यक कार्यमा परामर्श दिनका लागि बेलायतको एनालाइसिस मेसोन लिमिटेडसँग सम्झौता गरिएको हो ।

बोलपत्रमार्फत छनोट भएको उक्त कम्पनीसँग मङ्गलबार सम्झौता भएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।

सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र एनालाइसिस मेसोनको तर्फबाट रोहन धमिजाले हस्ताक्षर गर्नुभएको थियो ।

प्रकाशित मिति: ७ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्