राष्ट्रपतिको चुनावी मैदानमा बुसका भाई


 


वासिङ्टन, असार १

jeb-bushअमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जेब बुसले उम्मेदवारी घोषणा गरेका छन् । उनले रिपब्लिकनका तर्फबाट उम्मेदवारी घोषणा गरेका छन् । फ्लोरिडा राज्यका पूर्व गभर्नर उनले सोमबार आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

छ महिना अगाडि नै यो दौड सुरु गरिसकेका उनले निर्वाचनको लागि आर्थिक बृद्धि गर्ने, युरोपलगायतका क्षेत्रको भ्रमण गर्ने तथा निर्वाचनका लागि अवश्यक अभियानहरुमा सहभागी हुदै आएका थिए । सोमबार गरिएको उम्मेदवारी घोषणासँगै उनीमाथि कयौँ प्रश्नहरु उठिरहेका छन् । ती प्रश्नमा विशेषगरी उनीमाथि राजनीतिमा परिवारवादको प्रश्न अहम रहेको छ ।

उनका पिता र दाजु पनि अमेरिकाको राष्ट्रपति भइसकेका छन् । उनका दाजु जर्ज डब्ल्यु बुस केही वर्षअघिसम्म मात्र अमेरिकाको राष्ट्रपति थिए । उनी वर्तमान राष्ट्रपति बाराक ओबामाअघि नै त्यहाँको राष्ट्रपति थिए । आफू रिपब्लिकनको तर्फबाट उम्मेदवार बन्ने बारेमा सोमबार गरिएको औपचारिक घोषणापछि नै उनीमाथि यी प्रश्नहरु उठ्न थालेका हुन् ।

फ्लोरिडाको गभर्नर भइसकेका बुसमाथि आफ्ना दाजुको समयमा अमेरिकाले सुरु गरेको इराक युद्धमा उनले किन समर्थन नगरेको भन्ने बारेमा प्रश्न गर्ने गरिएको छ । सेतो पृष्ठभूमिमा रातो अक्षरले जेब लेखिएको उनको निर्वाचनको लोगो गत आइतबार नै सार्वजनिक गरिएको हो । उनले गएको करिब छ महिनादेखि नै निर्वाचन अभियान सुरु गरिसकेका थिए ।

अमेरिकामा आगामी वर्ष हुन लागेको राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम यसअघि नै सुरु भइसकेको छ । हिलरी क्लिन्टनले पनि डेमोत्र्mयाट्को तर्फबाट सो उम्मेदवारी दिइसकेी छिन् । बुसले सोमबार उम्मेदवारी घोषणासँगै दिएको भाषणमा राष्ट्रपति बाराक ओबामाको कडा विरोध गरेका थिए ।

बाराक ओबामाले छिमेकी क्युबासँग पछिल्लो समयमा आएर विस्तार गरेको सम्बन्धको बारेमा उनले आलोचना गरेका थिए । गएका कम्तीमा पनि पाँच दशकसम्म आर्थिक लगायतका विभिन्न नाकाबन्दी लगाउदै आएको अमेरिकाले पछिल्लो समयमा कयौँ नाकाबन्दी हटाएको छ । साथै अमेरिकाले क्युबालाई आतङ्वादीको सूचीबाट पनि हटाएको छ ।

उनले क्युबासँगको सम्बन्धको बारेमा आलोचना गर्दै भने– कुनैपनि गौरवशाली अमेरिकी नागरिक एक पर्यटकका रुपमा असफल भइसकेको क्युबा प्रवेश गर्नु आवश्यक छैन । उनले आफु राष्ट्रपति भएमा अहिलेको भन्दा पनि राम्रो विदेश नीति अख्तियार गर्ने र अमेरिकाको वर्तमान अवस्थामा धेरै परिवर्तन ल्याउने पनि बताए । रासस/सिन्ह्वा

प्रकाशित मिति: १ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्