पूर्वराजासँग सचेत हुनुपर्ने युवा सांसदहरुको निष्कर्ष


 


काठमौं,पुस ८
तीन प्रमुख दलका युवा सांसदले परिवर्तनका पक्षधरहरु राष्ट्र र जनताप्रति जिम्मेवार बन्न नसक्दा मौका छोपेर आएका पूर्वराजासँग सचेत र सजग हुनुपर्ने निष्कर्ष निकालेका छन्।

कांग्रेस, एमाले र माओवादी केन्द्रका युवा सांसदको बिहीबार राजधानीमा बसेको अनौपचारिक बैठकले प्रमुख तीन दलबीचको ‘कटाक्ष’ ले परिवर्तनविरोधी शक्तिको आडमा राजाको वक्तव्य आएको निष्कर्ष निकालेको थियो।
‘सक्रिय राजा, संवैधानिक राजा, आलंकारिक राजाका विषयमा राष्ट्रिय तथा अन्तर्राट्रिष्य शक्तिमात्र नभएर परिवर्तनकारी शक्तिभित्रका परिवर्तनविरोधी नेतृत्वसमेतको प्रत्यक्ष–अप्रत्यक्ष सहभागिताका कारण राजाले टाउको उठाउन खोजेको उदाहरण बुधबारको वक्तत्व हो,’ एक युवा सांसदले भने।

अर्को वर्ष माघ भित्र संविधान कार्यान्वयन हुन नदिन र संविधानका नाममा विभिन्न षडयन्त्रमार्फत गणतन्त्रको उपलब्धि सिध्याउने खेलका रूपमा राजाले राष्ट्रियताका नाममा वक्तव्य दिएको निष्कर्ष युवा सांसदहरूको छ।

संशोधन विधेयकपछिको डेडलकलाई निकास दिन युवा सांसदले अनौपचारिक छलफल गरेका थिए । अख्तियार प्रमुखविरुद्धको महाभियोग प्रस्ताव, संविधान संशोधन र स्थानीय निकायको निर्वाचन छलफलको मूल एजेन्डा थियो ।

संविधान निर्माणदेखि जारी हुँदै दोस्रो संशोधनसम्म आइपुग्दा देखिएको असहज परिस्थिति र त्यसबाट बेहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत आफूहरूबीच गम्भीर छलफल भएको एक सांसदले बताए । उनले भने, ‘१३ महिनाबीच स्थानीय, प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गरी संविधान कार्यान्वयनको सन्देश दिन आआफ्ना दल र नेतृत्वलाई घचघच्याउनेछौं । यसका लागि मधेसी मोर्चाका युवा सांसदसँग अनौपचारिक रूपमा नै लबिङ गर्नेछौं ।

डेडलक फुकाउन संशोधन विधेयक, स्थानीय निर्वाचन र महाभियोग प्रस्तावलाई उच्च प्राथमिकता दिने उद्देश्यसाथ छलफल गरेको माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले अन्नपूर्णसँग बताए । आजको अन्नपुर्ण पोष्ट दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: ८ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्