Deshko News
१४ आश्विन २०८०, आइतबार

राजतन्त्र कुनै हालतमा फर्कन्न : महरा



सिन्धुली , पुस ८

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिक दलहरुबीच केही असमझदारी देखिए पनि मुलुकमा राजतन्त्र कुनै पनि हालतमा फर्कन नसक्ने बताएका छन् ।

सिन्धुली महोत्सवको उद्घाटन गर्दै मन्त्री महराले पछिल्लो समयमा राजनीतिक दलहरुका कारण संविधान कार्यान्वयन, संशोधन र स्थानीय निकायको निर्वाचनमा व्यवधान उत्पन्न भए पनि त्यसलाई सरकारले मिलाउने प्रयास गरिरहेको बताए ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यप्रति लक्षित गर्दै त्यस्ता गतिविधिमा सरिक नहुन सर्वसाधारणलाई अपील गरे ।

सिन्धुली उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति सिन्धुली र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको सिन्धुली महोत्सव पुस १८ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति: ८ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News