आफूलार्इ कालोमोसो दल्नेलार्इ लोकमानले किन छाड्न आग्रह गरे ?


 


काठमाडौँ, पुस ८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले बिहीबार आफूलाई दुव्र्यवहार गर्ने दुई युवालाई रिहा गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन्।

निलम्बित प्रमुख आयुक्त कार्कीले आज एक प्रेस विज्ञप्तिमार्फत सो आग्रह गरेका हुन् । सर्वोच्च अदालतमा तारिख लिन जाने क्रममा आफूमाथि दुव्र्यवहार भएको भन्दै कार्कीले हिरासतमा लिइएका व्यक्ति जोसुकै भए पनि ती कसैबाट परिचालित मात्रै भएको र वास्तविक व्यक्ति पर्दा पछाडि रहेको बताएका छन् ।

आफूविरुद्ध विगत केही महिनादेखि प्रहार भइरहेको भन्दै उहाँले विभिन्न प्रकारका षड्यन्त्रमूलक योजना बनाउनेहरु कानुन र प्रहरीको नियन्त्रणमा तत्काल आउने सम्भावना कम रहेकाले पक्राउ परेका दुई युवालाई छाडिदिन आग्रह गरेका हुन‍्।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)का कार्यकर्ताले निलम्बित प्रमुख आयुक्त कार्कीलाई बिहीबार सर्वोच्च अदालत परिसरमा नै दुव्र्यवहार गरेका थिए ।

प्रकाशित मिति: ८ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्