अमेरिकी कारबाहीमा अलकायदा उपप्रमुख मारिए


 


काठमाडौं, असार १(एजेन्सी)

अन्तराष्ट्रिय आतंकवादी संगठन अल कायदाका उप-प्रमुख नासिर अल वुहाएसी अमेरिकी कारबाहिमा मारिएका छन्। अल कायदाले मंगलबार भिडियो मार्फत दोस्रो तहका नेता नासिर गत शुक्रबार अमेरिकी बम हमलामा मारिएको पुष्टी गरेको छ।

उनले अलकायदाका पूर्वप्रमुख ओसामा बिन लादेनका नीजी सचिवको रुपमा समेत काम गरेका थिए। यमनमा गएको शुक्रबार अमेरिकी सेनाले गरेको हवाइ आक्रमणमा उनी मारिएका हुन्।

 अमेरिकी सुरक्षा मुख्यालय पेन्टागनले भने यसबारे केही बताएको छैन। उनको स्थानमा अलकायदाले पूर्व सैन्य प्रमुख कासिम अल रायमीलाई नियुक्त गरेको छ।

प्रकाशित मिति: १ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्