जर्मनीमा अाज तमु “च्या” ल्हाेछार साँझ हुँदै


 


काठमाडाैं, पुस ९

जर्मनीमा अाज तमु च्या ल्हाेछार साँझ हुँदैछ । जर्मनीकाे हामवर्क सहरमा स्थानीय समय अनुसार साँझ ८ बजेबाट कार्यक्रम सुरू हुने अायाेजकले जनाएका छन् ।

कार्यक्रमका लागि नेपालबाट सुप्रसिद्द गायक एपी शेर्पा हामवर्क पुगिसकेका छन् । हामवर्ग सहरमा शेर्पाकाे दमदार प्रस्तुती रहने छ । हामवर्ग सहरमा रहेका नेपालीहरूलार्इ भरपुर मनाेरञ्जन दिलाउन अाफूले कुनै कसर बाँकी नराख्ने गायक शेर्पाले बताए ।

कार्यक्रमकाे प्रमुख अतिथी जर्मनीका लागि नेपाली राजदुत रमेश प्रसाद खनाल रहेका छन् ।  कार्यक्रम तमु समाज हामवर्गले अायाेजना गरेकाे हाे । याे कार्यक्रम सफल बनाउनका लागि दिपु गुरूङ, तेजेन्द्र कार्की लगायत हामवर्गका नेपालीहरू सक्रिय रूपले लागेका छन् ।

कार्यक्रम डिजे सुन्दर गुरूङ र साँयुकले सञ्चालन गर्देछन् ।

प्रकाशित मिति: ९ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्