भारतीय वायुसेनाको लडाकु विमान दुर्घटनाग्रस्त


 


इलाहाबाद, असार १(एजेन्सी)

भारतीय वायुसेनाको एउटा लडाकु विमान दुर्घटनाग्रस्त भएको छ।

जगुआर ट्रेनर नामक विमान बिहान आठ बजेर ४७ मिनेटमा इलाहाबादबाट १३ किमी दक्षिणपूर्वमा दुर्घटनाग्रस्त भएको विमानका चालक सकुशल रहेको बिबिसीले जनाएको छ।

यसैबीच रक्षा मन्त्रालयले विमान दुर्घटाबारे पुष्टी गरेको छ। विमानका दुबै पाइलट विमानबाट सुरक्षित बाहिर निस्किएको मन्त्रालयले जनाएको छ।

प्रशिक्षण उडानमा रहेको विमान सात बजेर २५ मिनेटमा इलाहाबादका लागि उडेको थियो।

प्रकाशित मिति: १ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्