आमिरको ‘दंगल’ को पहिलो दिनमा नै सुखद व्यापार



एजेन्सी ।
भारतमा पछिल्लो समय ठुला दरका नोटमाथि लागेको प्रतिबन्धका कारण चलचित्रबजारमा खासै राम्रो व्यापार भइरहेको छैन् ।

नोभेम्बरदेखि प्रदर्शनमा आएका चलचित्रहरुमध्ये ‘डीअर जिन्दगी’ बाहेक अरु सबै चलचित्र खासै आम्दानी गर्न सफल भएन ।

त्यसैले, पनि गएको हप्ता देखि प्रदर्शनमा आएको चलचित्र ‘दंगल’को व्यापारले भारतमा प्राय सबैको ध्यान खिचेको छ ।

भारतका ४२ सय हलमा प्रदर्शनमा आएको ‘दंगल’ चलचित्रले पहिलो दिन राम्रो कमाई गरेको भारती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सञ्चारमाध्यमका अनुसार सो चलचित्रले पहिलो दिनमा नै झण्डै ३० करोडको व्यापार गरेको छ ।

यो बर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘दंगल’को ओपनिङ दोश्रो हो । सलमान खानको ‘सुल्तान’ले यो बर्ष सबैभन्दा धेरै ओपनिङ व्यापार गरेको थियो ।

२ बर्षपछि आमिर खान पर्दामा आएकाले पनि दर्शकले सो चलचित्रलाई खुबै रुचाएका छन् । त्यसै कारण पनि ‘दंगल’ चलचित्रको व्यापार आगामी दिनमा सुखद हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News