प्रधानमन्त्री दाहालकाे पूर्वराजा ज्ञानेन्द्रलाई धेरै नबोल्न सुझाव


 


दाङ,  पुस १०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न सुझाव दिदैं दरबार हत्याकाण्डको छानविन गरेर सत्यतथ्य बाहिर ल्याउने भन्दै घुमाउरो भाषामा धम्की दिएका छन् ।

प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले उनी धेरै नबोले हुन्छ, जति बोल्छन् झनै धेरै दुःख पाउँछन भन्दै  चुप लागेर बसून  त्यही राम्रो हुन्छ भनेका छन ।

साथै दाहालले दरबार हत्याकाण्डको उच्चस्तरीय छानविन हुनुपर्ने बताए । उनले दरबार हत्याकाण्डलगत्तै आफूहरुले उच्चस्तरीय निष्पक्ष छानविन गरेर सत्यतथ्यबाहिर ल्याउनु पर्ने माग गर्दै आएको भन्दै अझै पनि त्यही मान्यतामा रहेको बताए ।

मन्त्रिपरिषदमा गृहमन्त्रीले दरबार हत्याकाण्ड छानविनको कुनै प्रस्तावकै रुपमा नल्याएको दावी उनको थियो ।

प्रकाशित मिति: १० पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्