ज्वालामुखी विस्फोट


 


एजेन्सी ,पुस १०
मेक्सिकोको सक्रिय ज्वालामुखी कोलम्बिया फेरि विस्फोट भएको छ । दुई महिनाअघि विस्फोट भएको कोलम्बिया ज्वालामुखी अहिले फेरि विस्फोट भएको हो ।

ज्वालामुखीबाट निस्किएको लाभा तथा धुवाँको मुस्लोका कारण त्यस वरपर बसोबास गने तीन सय ५० जना भन्दा धेरैलाई सुरक्षित स्थानमा सारिएको छ । ज्वालामुखीबाट निस्किएको लाभा तथा धुवाँ २५ सय मिटर माथिसम्म पुगेको बिबिसीले जनाएको छ ।

यसअघि अक्टोबरमा विस्फोट हुँदा ला यर्बाबेउना र ला बेसेर्रेसा गाउँका तीन सय भन्दा बढी घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो । ‘भोल्क्यानो अफ फायर’को रुपमा परिचित कोलम्बिया ज्वालामुखी मध्य अमेरिकाकै सक्रिय ज्वालामुखी हो ।

प्रकाशित मिति: १० पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्