सवारी चालक अनुमतिपत्र को फारम अनलाइनबाट भर्न सकिने



काठमाडौँ,  पुस १०

सरकारले आज देखि सवारी चालक अनुमतिपत्र लाइसेन्स को फारम अनलाइनबाट भर्न सकिने प्रणालीको औपचारिक सुरु गर्ने भएको छ । आज अपरान्ह ३ बजे देखि अनलाईन प्रणालीको सुरु गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

अनलाईन प्रणालीको आज उद्घाटन भए तापनि फारम संकलनको काम भने भोलीबाट मात्र अघि बढ्ने विभागले जनाएको छ । सेवाग्रीको चाप व्यवस्थापन गर्न विभागले लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन संकलन गर्न सुरु गर्न लागेको हो ।

अनलाइन फाराम यातायात व्यवस्था विभागको वेबसाइट डब्लुडब्लुडब्लु डट डीओटीएम डट जीओभी डट एनपी मा गएर फाराम भर्न सकिन्छ । अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने छ ।

यो सेवा सुरु भएपछि मध्यरातदेखि यातायात सेवा कार्यालयमा अनुमति पत्रको फाराम भर्न लाइनमा बस्नुु नपर्ने विभागले जनाएको छ । यस्तै विभागले पुस महिनाभित्रै काठमाडौंको कलंकी, चावहिल र भक्तपुरमा लाइसेन्सको लिखित परीक्षा तथा ट्रायल परीक्षा लिने गरी यातायात व्यवस्था कार्यालय सञ्चालनमा ल्याउने तयारी गरिहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News