नेपाल र क्यानडाबीचको अन्तिम खेल आज, सिरिज ‘क्लिन स्विप’ गर्ने दाउमा नेपाल


 


काठमाडौं । नेपाल-क्यानडा एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेल आज हुँदैछ । त्रिवि मैदानमा हुने खेल बिहान सवा ९ बजे शुरू हुनेछ ।

यसअघि लगातार दुई खेल जितेको नेपाल सिरिज क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । क्यानडा भने पहिलो जितको खोजीमा रहनेछ ।

सिरिजको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक र दोस्रो खेलमा ४ विकेटको जीत हात पारेको थियो ।

यो सिरिजलगत्तै नेपाली टोलीले घरेलु मैदानमा नै नामिबिया र नेदरल्यान्डस् सम्मिलत त्रिकोणात्मक लिग टु सिरिज खेल्नेछ।

प्रकाशित मिति: २९ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्