आफु र भट्टराई एक अर्काका पुरक भएको प्रधानमन्त्रीको भनाई


 


काठमाडौं, पुस ११

प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका उपलब्धि जोगाउन जनयुद्धकालीन सबै शक्ति एक हुनुको बिकल्प नभएको बताएका छन । माओवादी केन्द्रका नेता एवं सांसद स्वर्गीय भक्ति पाण्डेको जीवनी चाचा नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै दाहालले ऐतिहासिक उपलब्धि जोगाउन जनयुद्धकालीन शक्तिहरु एक हुनुको बिकल्प नभएको  बताए ।

संघीयता, समावेशिता, धर्म्निरपेक्षता जस्ता प्राप्त उपलब्धिहरु उल्टाउने प्रयास भईरहेको भन्दै उहाले जनयुद्धका उपलब्धि जोगाउन जनयुद्धकालीन माओवादीका सबै धाराहरु एकतावद्ध हुनुपर्नेमा जोड दिए । सो कार्यक्रममा उपस्थित नयाँ शक्तिका संयोजक वावुराम भट्टराईतर्फ ईकिंत गर्दै प्रधानमन्त्री दाहालले जनताका उपलब्धि खोस्नका लागि षडयन्त्र भइरहेको दावी गर्दै त्यसको प्रतिकारका लागि एकै ठाउँमा आउन आग्रह गरे   ।

आफु र भट्टराई एक अर्काका पुरक भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले फेरि एकै ठाउँमा आउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै संयोजक भट्टराइले आफुहरुबीच व्यक्तिगत भन्दा पनि विचारको मतभेद भएकाले छुट्टै पार्टी बनाउनुपरेका भन्दै बोली अनुसारको व्यावहार प्रचण्डको नभएको बताए  ।

प्रकाशित मिति: ११ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्