सर्वदलीय बैठक जारी


 


काठमाडौं, पुस ११

व्यवस्थापिका संसदमा जारी अवरोध हटाउने प्रयासस्वरुप सभामुख ओनसरी घर्तीले आह्वान गरेको सर्वदलीय बैठक अहिले बसिरहेको छ । नयाँ बानेश्वर स्थित संसद भवनमा जारी ७ पार्टी सहभागी सर्वदलीय बैठकमा सरकारले संसदमा दर्ता गराएको संबिधान संसोधन प्रस्तावका बिषयमा सहमती जुटाएर जारी गतिरोध हटाउने बिषयमा छलफल भईरहेको छ ।

बैठकमा सभामुख घर्ती , प्रधानमन्त्री पुष्पकमल दाहालका साथै माओवादी केन्द्रबाट नेता रामबहादुर थापा (बादल) , पार्टी प्रवत्ता पम्फा भुसाल , कानुन मन्त्री अजय शंकर नायक रहेका छन् । यस्तै काग्रेसबाट शेरबहादुर देउवा , प्रमुख सचेतक चीनकाजी श्रेष्ठ , उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधी छन् भने प्रतिपक्षी दल नेकपा एमालेबाट संसदीय दलका उपनेता सुभासचन्द नेम्वाङ , भिम रावल , प्रमुख सचेतक भानुभत्त ढकालको बैठकमा सहभागीता छ ।

एमालेबाट अध्यक्ष केपि ओली भने सहभागी छैनन् । राप्रका तर्फबाट अध्यक्ष कमल थापा , वाणिज्य मन्त्री दिपक बोहरा तथा मधेशीका तर्फबाट महन्त ठाकुर लगायतका नेताहरुको सहभागीता रहेको छ । सरकारले मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरे सँगै प्रमुख प्रतिपक्षी दल एमाले लगायत अन्य दलहरुले संशोधन विधेयक राष्टहित विपरीत रहेको भन्दै लगातार सदन अवरुद्ध गर्दै आएको छ ।

जसका कारण दर्ता भएर पनि निर्वाचन सम्बन्धि विधेयक अघि बढ्न सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको महाअभियोगको प्रस्तावसमेत अलपत्र बनेको छ ।

प्रकाशित मिति: ११ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्