नेपालको सानदार जीत, भुटान ८–० ले पराजित


 


काठमाडौं, पुस ११

भारतमा शुरु भएको चौथो साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्दी भुटान विरुद्ध ८–० गोलको अन्तरको जीत निकालेको छ ।

भुटान विरुद्ध गोल मेसिनकी रुपमा देखिएकी सावित्रा भण्डारी एक्लैले ६ गोल गरिन । त्यस पछि शर्मिला थापा र कृष्णा खत्रीले एक एक गोल गरेका थिए । ५ मिनेटमा पहिलो गोल गरेकी सावित्राले अन्तिम गोल ७७ मिनेटमा गरे पछि ८२ मिनेटमा सब्सटिच्युट गरिएको थियो । भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा रंगशालामा सुरु भएको खेलमा नेपालले पहिलो हाफुमा नै ५ ० को अग्रता कायम गरेको थियो भने बाकी ३ गोल दोस्रो हाफ्मा गरेको थियो ।

रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपालले समूह चरणमा माल्दिभ्स र श्रीलंकासँग पनि प्रतिस्पर्धा गर्ने छ । यसअघिका लगातार तीन संस्करणमा उपविजेता बनेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको छ । फिफा बरियतामा नेपालभदा २६ स्थान माथि रहेको मलेसियालाई १–० ले हराएको नेपाली टोलीको मनोबल उच्च रहेको प्रशिक्षक कुमार थापाले बताएका छन् ।

प्रकाशित मिति: ११ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्