निशा र सिमोसले के गर्दै छन् लमजुङको घलेगाउँमा!



काठमाडौं, पुस ११
निर्माताहरुको बिगबिगी रहेको नेपाली फिल्म जगतमा पछिल्लो समय निर्मात्री बन्ने क्रम पनि बढेको छ ।

झरना थापादेखि रेखा थापासम्मले चलचित्र निर्माण गरिसकेका अर्थात निर्मात्री भइसकेकी छन् ।

अब, नायिका नीशा अधिकारी पनि निर्मात्री बन्ने तयारीमा जुटेकी छन् । उनले निर्माण गर्न लागेको अनटाइटल प्रोजेक्टका लागि अहिले लोकेशन खोज्ने काम भैरहेको छ ।

उनले निर्माण गर्न लागेको चलचित्रलाई सिमोस सुनवारले निर्देशन गर्नेछन् भने नीशा र सिमोस दुबैको लगानी रहेकोछ ।
लम्जुङको घले गाउँमा अहिले निशा र सिमोसले लोकेशनन खोजिरहेका छन् ।

चलचित्रमा आफू क्रियटिभ डिरेक्टरको रुपमा प्रस्तुत हुन लागेको बताउँदै अहिले आफुले मिहिनेत गरिरहेको नीशाले बताइन् । तर, चलचित्रको बारेमा विस्तृत जानकारी भने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने निशाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News