प्रधानमन्त्रीले आज स्थानीय तह पुनरसंरचना आयोगका पदाधिकारीसँग छलफल गर्दै


 


काठमाडौं,पुस १२

प्रधानमन्त्री पुष्पकमल दाहाल र स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीबिच आयोगको प्रतिवेदनका विषयमा छलफल हुँदैछ । आयोगले स्थानीय तह पुनर्सचरनाको प्रतिवेदन तयार पारेर बुझाउन समय मागे पनि प्रधानमन्त्री दाहालले समय नदिएपछि आयोगले हिजो समय माग गर्दै प्रधानमन्त्रीलाई पत्र लेखेको थियो ।
फागुन मसान्तसम्मको समयावधि रहेको आयोगले केहीदिन अघि नै प्रतिवेदन तयार पारेपनि प्रधानमन्त्री दाहालले प्रतिवेदन बुझ्न समय दिएका छैनन् । आयोगले तयार पारेको प्रतिवेदनमा मधेसी मोर्चाको असन्तुष्टिका कारण तत्काल आयोगको प्रतिवेदन नबुझ्न मधेसी मोर्चाले प्रधानमन्त्रीलाई दबाब दिएका छन् ।
मोर्चाको अवरोधका कारण प्रदेश नम्बर २ का ८ जिल्लाबाट प्रतिवेदन आउन नसकेपछि आयोगले काठमाडौंमै ती जिल्लाको स्थानीय तह पनि टुंग्याएपछि मोर्चाले त्यसलाई अस्वीकार गर्ने बताएको छ ।

प्रकाशित मिति: १२ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्