व्यवस्थापिका संसदको बैठक बस्दै


 


काठमाडौं,पुस १२

व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । बैठक नयाँबानेश्वर स्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ । आजको बैठक पूर्व सभासद् बुद्धरत्न मानन्धरको शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

सरकारले मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरे सँगै प्रमुख प्रतिपक्षी दल एमाले लगायत अन्य ९ दलहरुले संशोधन विधेयक राष्ट्रहित विपरीत रहेको भन्दै लगातार सदन अवरुद्ध गर्दै आएको छ ।

जसका कारण दर्ता भएर पनि निर्वाचन सम्बन्धि विधेयक अघि बढ्न सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव समेत अलपत्र बनेको छ ।

प्रकाशित मिति: १२ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्