किन स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीले प्रधानमन्त्रीको समय पाएनन् ?


 


काठमाडौं,पुस १२

स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार गर्ने भनिएको भेटको समय सरेको छ ।  आयोगका पदाधिकारीले गाउँ पालिका र नगर पालिकाको सीमा र संख्या निर्धारणसहितको प्रतिवेदन तयार भएको भन्दै प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने भन्दै भेट गर्न खोजेका थिए।

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायक्त क्षेत्रको सख्या तथा सीमाना निर्धारण आयोगका पदाधिकारीले प्रधानमन्त्री दाहालसँग दुई सातादेखि प्रधानमन्त्री दाहालसँग भेटको समय माग गरेका थिए। प्रधानमन्त्रीले आयोगको कामप्रति असन्तुष्ट दलका नेतालाई मनाएर मात्र प्रतिवेदन बुझाउन आयोग अध्यक्ष बालानन्द शर्मालाई दिएको सुझाव कार्यान्वयन नएपछि प्रधानमन्त्री दाहाल आयोगप्रति असन्तुष्ट बनेका थिए।

प्रधानमन्त्री दाहालले सबैको सल्लाह र सुझाव बमोजिम स्थानिय तहमै गएर सुझाव लिएर प्रतिवेदन बुझाउन आयोग पदाधिकारीलाई भनेका थिए। दुई साताअघि प्रधानमन्त्रीलाई भेटेका आयोगका अध्यक्ष बालानन्द पौडेलले सोमबार प्रतिवेदन बुझ्ने समय माग गरेका थिए। आयोगको तर्फबाट प्रतिवेदन बुझ्न सोमबार लिखित माग गरेपछि प्रधानमन्त्री दाहालले साढे १० बजे भेटघाटको लागि आयोग पदाधिकारीलाई भेट गर्ने समय दिएका थिए।  तर प्रधानमन्त्रीको व्यस्तताको कारण समय नपाएपछि आयोग पदाधिकारी प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट फर्किएको आयोगका सदस्य अधिवक्ता सुनिल रन्जन सिंहले बताए। मंगलबारसम्ममा भेट गर्ने समय प्रधानमन्त्रीले व्यवस्था गर्ने सिंहले बताए ।

प्रकाशित मिति: १२ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्