नेपालले नामिबियालाई दियो सामान्य लक्ष्य


 


काठमाडौं, फागुन ९ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमै सबै विकेट गुमाएर १६८ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए ।

नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि-इटनले ४/४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एकरएक विकेट लिए ।

प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्