वर्तमान सरकार निर्वाचनप्रति गम्भिर नभएको ओलीको आरोप


 


काठमाडौं,पुस १२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसार गर्नुपर्ने निर्वाचन एमालेले गराउने बताएका छन् । वर्तमान सरकार जति उफ्रेपनि निर्वाचन  गराउन नसक्ने अध्यक्ष ओलीको भनाइ थियो । धुम्बाराहीस्थित पार्टी कार्यालयमा रिपोर्टस क्लबको ज्ञापन पत्र बुझ्दै उनले  सरकार निर्वाचनप्रति गम्भीर नभएको आरोप लगाए ।

एमालेले मुलुकलाई कुबाटोतर्फ जान नदिने र निर्वाचनको मिति घोषणा गर्ने ओलीको भनाइ छ। सरकारले  निर्वाचन वैशाखमा गर्न अन्य दलसँग सहमतिको प्रयास गरिरहेको अवस्थामा ओलीले एमालेले निर्वाचन गराउने घोषणा गरेका हुन् । सरकारको अवधि धेरै बाँकी नरहेको भन्दै उनले मुलुकमा एमालेलेनै चुनाव घोषणा गर्ने बताए।

प्रकाशित मिति: १२ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्