मिस टुरीजम नेपाल सिजन–२, धमाधम अडिसन हुँदै


 


बुधबार तेश्रो अडिसन दमकमा

धरान, पुष १३

मुलुकभरी रहेका पर्यटकीय स्थलहरूको पर्यटन प्रवर्दन तथा नेपाली कला सस्कार संस्कृृतीको संरक्षण सम्बद्र्दन गर्दै बाह्य तथा आन्तरीक क्षेत्रमा स्थापीत गराउने द्येश्यले गत बर्षबाट सुरू गरीएको मिस टुरीजम नेपालको दोश्रो सिजनको पहिलो अडिसन पूर्वाञ्चलको केन्द्र इटहरीमा सोमबार सम्पन्न भई मंगलबार बिराटनगरमा सम्पन्न भएको छ ।

इटहरीको अडिसनमा इटहरी लगायत आसपासबाट दर्जन भन्दा बढी युवतीहरूले सहभागीले अडिसन दिएका थिए भने बिराटनगरबाट एक दर्जनले सहभागीता जनाएका थिए । सुनसरीको धरान स्थित सहारा इन्टरटेन्मेन्ट प्रालीको आयोजनामा भएको अडिसनमा सहभागीहरूले आफुभित्र रहेको कलालाई खुलेरै प्रस्तुत गरेका थिए । मिस टुरीजम नेपाल सिजन २ मा सहभागिहरूको भिड उत्साहजनक देखिएको छ ।

मिस टुरीजम नेपाल सिजन २ को बिजेतालाई ५० तोला चाँदीको ताज, स्कुटी, मनाङ, मुस्ताङको भ्रमण गराइनुका साथै पूर्वका चार्चित पर्यतकीय गन्तब्यहरुको पचिान गराउदै अवलोकन भ्रमण गराइनुका साथै ब्यापारीक बिज्ञापन तथा म्युजीक भिडियोहरूमा खेलाइने आयोजक मिस टुरिजम नेपाल सिजन २ का इभेन्ट डाइरेक्टर हिन्दुहाङ सोरोङ राईले बताउनुभयो ।

त्यसैगरी प्रतियोगीताकै फस्ट रनरलाई क्राउन , नगद३५ हजार ,मनाङ , मुस्ताङको भ्रमण गराइनुका साथै ब्यापारीक बिज्ञापन तथा म्युजीक भिडियोहरूमा खेलाइने र सेकेन्ड रनरलाई २५ हजार नगद मनाङ , मुस्ताङको भ्रमण गराइनुका साथै ब्यापारीक बिज्ञापन तथा म्युजीक भिडियोहरूमा खेल्ने मौका प्रदान गरिने छ । आज पुष १३ गते बुधबारका दिन दमक बजारमा अडिसन हुने छ ।

प्रकाशित मिति: १२ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्