यी हुन् आफ्नो मृत्युको सामचार आफैं पढ्न पाउने भाग्यमानी गायिका!


 


एजेन्सी ।
पप स्टार ब्रिटनी स्पेयर्सको मृत्युको हल्लाले मंगलबार सामाजिक सञ्जालमा खैलबैला मच्चिएको छ ।
युवा पुस्ताको मन जित्न सफल गायिका ब्रिटनीको मृत्यु भएको खबर सामाजिक सञ्जालमा पोष्ट भएपछि उनका प्रशंसकहरु छक्क परेका थिए । र कतिपयले श्रद्धाञ्जलीसमेत लेखि सकेका थिए ।

जब आफ्नो मृत्युको खबर आफैले पढिन्, ब्रिटनी तीनछक नै परिन् । आफ्नो मृत्युको खबर उनी आफैंले बढ्ने वित्तिकै उनका प्रवक्ता एडम लेबेरले सिनएनलाई अन्तरवार्ता दिँदै सो खबर पूर्णरुपले झूटो भएको र उनी स्वस्थ रहेको बताएका थिए ।

सोनी म्युजिक ग्लोबलको ट्विटर एकाउन्ट ह्याक गरेर ब्रिटनीको मृत्युको हल्ला चलाइएको थियो।

ह्याक गरिएको एकाउन्टबाट सोमबार ब्रिटनीको मृत्यु भएको झूटो खबर पोष्ट गरिए पछि उनको मृत्युको सामाचार भाइरल नै बनेको थियो ।

प्रकाशित मिति: १२ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्