टी–२० सिरिज : आज नेपाल र नामिबिया खेल्दै


 


काठमाडौं । टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दैछन् ।

खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । आइसीसी क्रिकेट विश्वकप लिग–२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी– २० शृङ्खला खेल्न लागेका हुन् ।

नेपालले आउने जुनमा हुने टी–२० विश्वकपको तयारीको शुरुवातको रुपमा यो शृङ्खलालाई लिएको छ । नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन् ।

नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् । नेपालले विश्वकप लिग–२ खेलेको टोलीमा केही परिवर्तन गर्दै यो शृङ्खलाका लागि १८ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्