नालानामिबियाका लोफ्टीले तोडे कुशल मल्लको कीर्तिमान


 


काठमाडौं, फागुन १५ । नामिबियाका निकोल लोफ्टी-इटनले टी-२० आई क्रिकेटमा कुशल मल्लको कीर्तिमान तोडेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल विरुद्धको खेलमा ३३ बलमा शतक पूरा गर्दै निकोलले कुशलको कीर्तिमान तोडेका हुन् ।

कुशलले चीनमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए । निकोलले ११ चौका र ८ छक्काको मद्दमा ३३ बलमा शतक पूरा गरेका हुन् । कुशलले ६ चौका र ९ छक्का हानेर शतक पूरा गरेका थिए ।

प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्