नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको टी-२० सिरिज पनि एक्सन स्पोर्टसमा


 


काठमाडौं, फागुन १५। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबारदेखि सुरु भएको टी २० त्रिकोणात्मक सिरिज पनि एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण हुन थालेको छ ।

पछिल्लो समय नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु प्रत्यक्ष प्रशारण गरिरएको डिसहोमले त्रिकोणात्मक टी २० सिरिज पनि प्रशारण गर्न थालेको हो ।

एक्सन स्पोर्टस एचडी वानबाट यसअघि नेपाल र क्यानडाबीचको सिरिजका साथै आइसीसी विश्वकप लिग टूको पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण भएको थियो ।

टी २० सिरिज अन्तर्गत मंगलबार (२७ फेब्रुअरीमा) नेपालले नामिबियासँग खेलेको छ । जुन खेल नेपाल २० रनले पराजित भएको छ ।

नेपालले बुधबार (२८ फेब्रुअरी)मा नेदरल्याण्ड्ससँग खेल्ने छ । यसैगरी २९ फेब्रुअरीमा नामिबिया र नेदरल्याण्ड्स भिड्दा मार्च १ तारिखमा नेपाल र नामिबिया दोस्रो पटक भिड्ने छन् ।

त्यसैगरी नेपाल र नेदरल्याण्ड्सको दोस्रो भेट मार्च २ मा हुने छ । तीन मध्य शीर्ष दुई टोलीले ले उपाधिका लागि मार्च ३ मा खेल्ने छन् । सबै खेल विहान साढे ११ बजेदेखि सुरुहुने छन् ।

प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्