नेपाली फिल्म बनाउँदै प्रियंका चोपडा


 


एजेन्सी, पुस १३

हलिउड र बलिउड फिल्ममा स्थापित अभिनेत्री प्रियंका चोपडाले सिक्किम बेस्ड नेपाली फिल्म बनाउने भएकी छिन् । उनले आफ्नै होम प्रोडक्शनबाट यो फिल्म निर्माण गर्न लागेकी हुन् । होम प्रोडक्शन पर्पल पेबलबाट प्रियंकाले यो भन्दा पहिले मराठी फिल्म ‘भेन्टिलेटर’,भोजपूरी फिल्म ‘बम बम बोल हा है’ निर्माण गरिसकेकी छिन् ।

त्यस्तै उनले पंजाबी फिल्म ‘श्रावण’ निर्माण गरिसकेकी छिन् । जुन रिलिजको तयारीमा छ । प्रियंकाको यो कार्य स्थानीय स्तरका स्रोत साधनको प्रयोग गरेर स्थानिय स्तरकै कलाकारहरुलाई मौका दिने हिसाबले अघि बढिरहेको छ । प्रियंकाले बनाउन लागेको सिक्किम बेस्ड नेपाली फिल्म पौवामा कलाकार र कु्र मेम्बरहरु नेपाल र सिक्किमका हुने प्रियंकाकी आमा मधु चोपडाले एजेन्सीलाई जानकारी दिएकी छिन् । पौवाको अर्थ पाहुना हुन्छ ।

यो फिल्मको कथा कुनै कारण आमा बुवाबाट टाढिएका बालबालिकाको वरिपरि घुम्नेछ । यसपछि प्रियंकाले भारतको राजस्थान र छत्तिसगढमा फिल्म निर्माण गर्ने पनि आमा मधुले जानकारी दिएकी छिन् ।

प्रकाशित मिति: १३ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्