हङकङमा हुने त्रिदेशीय सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा


 


काठमाडौं । हङकङमा हुने त्रिदेशीय टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीय जोरा, आरिफ शेख विवेक यादव, रासिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिशी, लोकेश बम आकाश चन्द र अविनाश बोहोरा छन्।

नेपालले फागुन २६ (मार्च ९ देखि १३) गतेसम्म हङकङमा त्रिदेशीय टी–२० सिरिज खेल्न लागेको हो । सिरिजमा नेपालसहित हङकङ र पपुवा न्यूगिनी पिएनजी सहभागी हुनेछन् ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्