साफ यू-१६ महिला फुटबलमा आज नेपाल र भुटानबीच भिडन्त


 


काठमाडौं । जारी साफ यू-१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले भुटानको सामना गर्दै छ ।

ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ । यस अघि सम्पन्न आ-आफ्नो पहिलो खेलमा नेपाल र भुटानले हर बेहोरेका छन् । भुटानले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने नेपालले बंगलादेशसँग २-० को हार बेहोरेको थियो ।

यस प्रतियोगितामा नेपाल र भुटानसहित भारत र बंगलादेशगरि चार देशले भाग लिएका छन् । प्रतियोगितामा मंगलबार भारत र बंगलादेश खेल्दै छन् भने बिहिबार नेपाल र भारत तथा शुक्रबार बंगलादेश र भुटान खेल्ने तालिका रहेको छ । त्यसपछि शीर्ष २ देशले आइतबार फाइनल खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्