याे हाे चीनले खुल्ला गरेकाे विश्वकै अग्लो पुल



वेईजिङ, पुस १६

चीनका दुई ओटा प्रान्तलाई जोड्नेगरी बनाएको विश्वको सवै भन्दा अग्लो पुल खुल्ला गरिएको छ । दुई ओटा पहाडी प्रान्तहरु युनान र गुइजोउ प्रान्तलाई जोड्ने बेईपान्जीङ पुल नदिदेखि ५६५ मिटर माथी रहेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

युनान प्रान्तको छुङवेइदेखि गुइजोउको शुइचेङ सम्मको यात्राका लागि यो पुल बनेपछि एक पटकमा चार घण्टा भन्दा बढी समय छिटो हुने सवारी चालकहरुले बताएका छन् ।

“यी दुई ठाँउमा आवतजावत गर्नु पर्नेहरुकालागि यो पुल निकै उपयोगी भएको छ,” एक चालकले भने ।

यस पुलले यसअघिको सवै भन्दा अग्लो पुलमा रुपमा रहेको सि डु रिभर व्रिजलाई पनि उछिनेको छ । विश्वका अग्ला पुलहरु मध्ये धेरैजसो चीनमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News