आक्रमणमा ३५ जनाको मृत्यु



एजेन्सी, पुस १७
टर्कीको इस्तानबुलस्थित एक रात्री क्लब आतंकवादी आक्रमण हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । सान्टा क्लजको पोशाकमा रहेका आक्रमणकारीले रेना रात्री क्लबमा प्रवेश गरी आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यहाँको सरकारले आतंककारी आक्रमण भएको जनाएको छ । घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन् ।मृत्यु हुनेमा एक जना प्रहरी अधिकारीसमेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आक्रमणपछि आक्रमणकारीले सिरियाको एलेप्पोमा भएको आक्रमणमा रसियाको संलग्नता रहेकाले बदला लिएको भन्दै कराएको बताइएको छ ।

क्लबभित्र अन्धाधुन्ध गोली चलेपछि भागदौड मच्चिएको थियो । टर्कीमा आतंकवादी हमला हुन सक्ने आशंकामा १७ हजार सुरक्षाकर्मी परिचालन गरिएकै बेला यो घटना भएको हो ।

अहिले त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले घाइतेहरुको उद्दार गर्दै गोली प्रहार गर्नेको खोजी जारी राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

योसँगै सन् २०१६ मा टर्कीमा मात्रै ७ वटा आक्रमण भएका छन् । यसअघि डिसेम्बर १० मा इस्तानबुलको फुटबल रंगशालामा भएको आक्रमणमा परी ४४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News