Deshko News
९ आश्विन २०८०, मंगलबार

हेलिकोप्टर दुर्घटनामा १३ बेपत्ता



कराकस, पुस १९

भेनेजुएलाको एमाजोनस् राज्यको पुएर्टो एयाकुचो र ला इस्मेराल्डाबीच उडिरहेको एक सैनिक हेलिकोप्टर गत डिसेम्बर ३० मा दुर्घटनाग्रस्त भएको स्थानीय सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् ।

युनियन रेडियो नामक स्थानीय सञ्चार माध्यमका वरिष्ठ अधिकारी लिबोरिओ गुआरुल्लासँग लिएको एक टेलिफोन अन्तर्वार्तामा उडीरहेकै अवस्थामा हेलिकप्टर खसेको बताउनु भएको छ ।

हेलिकोप्टरमा दुर्घटना भएको पुष्टि भएता पनि यसमा सवार रहेका आठ जना सुरक्षाकर्मी, पाँच सर्वसाधारण सहित १३ जनाको अवस्था अज्ञात भएको जनाइएको छ ।

दुर्घटना हुनेवित्तकै स्थानीय समुदायको सहभागीतामा खोजी कार्य सुरु गरिएको थियो । गुआरुल्लाका अनुसार विमान के कसरी दुर्घटना भयो भन्ने बारेमा विस्तृत विवरण थाहा नभएको तर उडिरहेको विमाान खसेकोसम्म पुष्टि भएको बताउनु भएको छ ।

उहाँले आफुहरु आधिकारीक जानकारीको प्रतिक्षामा रहेकोसमेत बताउनु भएको छ ।

प्रकाशित मिति: १९ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News