लगातार रेकर्ड बनाएको सुनको मूल्य आज घट्यो


 


काठमाडौं, चैत २९ । नेपाली बजारमा लगातार रेकर्ड बनाएको सुनको मूल्य बिहीबार भने घटेको छ।

आज बजारमा सुन तोलामा दुई सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ३६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुन प्रतितोला एक लाख ३६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । जुन म२ल्य हालसम्मकै उच्च मूल्य हो।

बिहीबार चाँदीको मूल्य भने यथावत छ ।चाँदीको मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँमा कारोबार भइरहेको महासंद्दले जनाएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्