याक्खा चलचित्र ओम्लाको प्रदर्शनी धरानबाट



धरान, पुस २०

आदिवासी याक्खा जातिको संस्कृतिमा आधारित पहिलो चलचित्र ओम्लाको प्रदर्शनी धरानबाट हुने भएको छ । निर्माण पक्षले धरानमा पत्रकार सम्मेलन गर्दै पुस २५ गते गणेश टाकिज हलमा ओम्लाको पहिलो बिशेष प्रदर्शनी हुने जानकारी दिएको हो । याक्खा भाषा ओम्लाको अर्थ सुनाखरी हो ।

सामाजिक कथावस्तु नै समेटिए पनि ओम्लाको माध्यमबाट याक्खा जातिको सँस्कार–सँस्कृतिलाईसमेत उजागर गर्ने प्रयास गरिएको निर्माता अजय जिमीले बताए । निर्माता जिमीका अनुसार, याक्खा जातिमा प्रचलित मझिया प्रथालाई पनि चलचित्रमा देखाईएको छ । संखुवासभाको दक्षिण र धनकुटाको उत्तरी क्षेत्रलाई याक्खा जातिले आफ्नो ऐतिहासिक थलो मान्ने गरेका छन् ।

एक घण्टा २० मिनेट लामो चलचित्रको अधिकांश छायाँकन संखुवासभाको तामाफोकमा गरिएको निर्माण नियन्त्रक राजकुमार याक्खाले जानकारी दिए । ओम्लाको कथा याक्खा जातिको संस्कार–संस्कृतिका अनुसन्धानकर्ता मागमान लिंखाले लेखेका हुन् ।

चलचित्रमा अजय जिमी, सागर सिंगल, मनोज शाक्य, र सिर्जना निङ्लेकुले मुख्य भूमिका निर्वाह गरेका छन् । अधिकांश संवाद नेपालीमा रहेपनि केही पात्रहरुले याक्खा भाषा बोलेकाले अंग्रेजी सबटाईटलसमेत राखिएको निर्माता जिमीले बताए । ओम्लामा एउटा गीत राखिएको छ ।

अरुण प्रधानको निर्देशन रहेको ओम्ला चलचित्र विकास बोर्डको łदोश्रो आदिवासी जनजाति चलचित्र प्रोत्साहन तथा सम्मान’ कार्यक्रममा सम्मानित भएको थियो ।

पुस २७ देखि धरानमा हुने पाँच दिने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि ओम्ला समावेश भएको निर्देशक अरुण प्रधानले जनाए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News