सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई बञ्जी गर्दा छुट मिल्ने


 


काठमाडौं, वैशाख ४ । काठमाडौंँस्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो–१७, पोखरामा स्थित बञ्जी नेपाल एडभेन्चर प्रा.लि. बिच बैंकका ग्राहकहरुलाई बञ्जी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बञ्जी नेपाल ऐडभेन्चर प्रा. लि. को तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकहरुले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी बंञ्जी नेपाल एडभेन्चरमा गई एकल बञ्जी गर्दा रु १००० र जोडी बञ्जी गर्दा रु १५०० सम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु त्था ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति: ४ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्