प्रभु बैंकको ३०२औं शाखा नयाँ गाउँमा विस्तार


 


काठमाडौं, वैशाख ४ । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबारदेखि पोखरा महानगरपालिका वडा नं। १५ स्थित नयाँ गाउँमा आफ्नो ३०२औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

बैंकको नयाँ गाउँ शाखा कार्यालयको समुद्घाटन यस बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले गर्नु भएको हो ।

बैंकको नयाँ गाउँ शाखा कार्यालयको समुद्घाटन गर्दै शान्ती शेरचन गौचनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको प्रकाश पार्नुभयो ।

प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै शाखालाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

बैंकको नयाँ गाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवीलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको नयाँ गाउँ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ ।

प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर छन् । करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

प्रकाशित मिति: ४ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्