एनएमबी बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम


 


काठमाडौं, वैशाख ६ । एनएमबी बैंकले बुधबार बैंकको बल्खु शाखाबाट किर्तिपुरस्थित उमा महेश्वर मन्दिर परिसरसम्म पैदल यात्रा गरी एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

एनएमबी बैंकले “हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय” भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा गरेको उक्त कार्यक्रममा एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल, संचालक जीवनकुमार कट्वाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिष कुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, किर्तिपुर महानगरपालिका प्रतिनिधिहररु, बैंकका कर्मचारीलगायत सर्वसाधारणहरु गरी लगभग ७५० जनाको सहभागिता थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्य रहनुभएको थियो । कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाई रु ५ लाख सहयोगका साथैे किर्तिपुर महानगरपालिकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको थियो ।

बैंकले प्रदेश नं. १ मा इटहरी चोकदेखि रामधुनी मन्दिरसम्म, मधेश प्रदेशमा जनकपुर शाखादेखि राममन्दिर, चितवनमा भरतपुर शाखादेखि गणेश धाम, गण्डकी प्रदेशमा जिरो किलोमिटर शाखादेखि तालबाराही मन्दिरसम्म, लुम्बिनी प्रदेशमागोल पार्कदेखि सिद्धबाबा मन्दिरसम्म हरिटेज वाक गरिएको थियो ।

त्यस्तै कर्णाली प्रदे्रशमा सुर्खेत शाखादेखि काक्रेबिहार मन्दिरसम्म र सुदूर पश्चिम प्रदेशमा महेन्द्रनगर शाखादेखि सिद्धनाथ मन्दिरसम्म र धनगढीमा शाखादेखि कृष्ण मन्दिरसम्म एकै साथ एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरिएको छ ।

एनएमबि बैंक, विगत २७ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त, एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

हाल देशभरी २०१ शाखाहरु, १८६ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनएमबि बैंकले जनाएको छ ।

प्रकाशित मिति: ६ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्