ओबामाद्धारा हेल्थ केयर कानुनको रक्षा गर्न डेमोक्रेटीक नेताहरुसँग आग्रह


 


एजेन्सी, पुस २१

अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो सरकारले ल्याएको हेल्थकेयर कानुनको जमेर रक्षा गर्न डेमोक्रेटीक नेताहरुसँग आग्रह गरेका छन । नवनिर्वा्चित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा हेल्थकेयर बिल खारेज गर्ने काम आफ्नो पहिलो निशानामा राखेका बेला ओबामाले उक्त कानुनलाई कसरी रक्षा गर्न सकिन्छ भनेर छलफल गरेका हुन ।

उपराष्ट्रपतिमा निर्वा्चित माइक पेन्सले पनि स्वास्थ्य बिमा सम्बन्धि उक्त कानुन खारेज गर्ने बताएका बेला ट्रम्प प्रशासनको पहिलो निशानामा उक्त बिल पर्ने निश्चित भएको अन्तराष्टिय सञ्चार माध्यममले जनाएका छन् ।उक्त कानुनले थप दुई करोड अमेरिकी नागरिकलाई सेवा र्पुयाउने लक्ष्य लिएको छ । ओबामाले सो कानुन जोगाउन दुबै सदनमा बलियो ढंगले प्रस्तुत हुन पनि सांसदहरुलाई आग्रह गरेको विवीसीले जनाएको छ ।

प्रकाशित मिति: २१ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्