‘दंगल’को किर्तिमान ३ सय करोड क्लबमा प्रवेश


 


एजेन्सी ।
स्वदेशी (भारतीय) बक्स अफिसमा बलिउड चलचित्र दंगल पहिलो स्थानमा पुग्न सफल भएको छ ।

व्यावसायिक सफलतामा सो चलचित्र पहिलो स्थानमा पुग्न सफल भएको हो । सो चलचित्रले २०१६ का चलचत्रिहरूमध्ये सर्वाधिक बढी व्यापार गरेको भारीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत बुधबारसम्म दंगलले ३ सय ४ दशमलव ३८ करोडको व्यापार गर्दै ३ सय करोड क्लबमा प्रवेश पाएको छ । यसअघि व्यावसायिक हिसाबले पहिलो स्थानमा रहेको सलमान खानको चलचित्र ‘सुल्तान’ लाई आमिर खानको ‘दंगल’ले उछिनेको छ ।

सुल्तानले भारतीय बजारमा कुल ३ सय करोडको व्यापार गरेको थियो । सो रेकर्डलाई तोड्दै भारतीय बजारमा २०१६ मा सर्वाधिक व्यापार गर्ने चलचित्रको रेकर्ड दंगलले बनाएको छ ।

प्रकाशित मिति: २३ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्