लखनऊमाथि हैदराबादको सानदार जित, १० ओभरमै भेट्टायो लक्ष्य


 


काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लखनउ सुपर जाइन्ट्सलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा हैदराबादले विष्फोटक ब्याटिङ गर्दै लखनऊविरुद्ध १० विकेटको सानदार जित निकालेको हो ।

लखनऊले दिएको १६६ रनको लक्ष्य हैदराबादले कुनै पनि विकेट नगुमाई १० ओभरमै पूरा गर्‍यो । हैदराबादले ९.४ ओभरमै निर्धारित लक्ष्य भेट्टाएको हो । ​

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

हैदरावाद १२ खेलबाट १४ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स १६–१६ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्